कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

हिमशिखर संवाददाता २८ आश्विन २०७७, बुधबार १६:५८

काठमाडौं : कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ सांसदले अविश्वासको प्रस्ताव अघि सारेपछि विवाद चर्किएको थियो। यद्यपि, अविश्वासको प्रस्तावबाट वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूले हात झिकिसकेका छन्। जसले गर्दा विवाद केही साम्य भएको छ। विवादको क्रममा अध्यक्ष दाहाल र नेता नेपाल समूह मिलेपछि प्रधानमन्त्री ओलीपक्ष कमजोर बनेको छ।

तर, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको मंगलबारको भेटवार्तापछि बिहीबारका लागि कर्णाली प्रदेशका पदाधिकारीहरूलाई काठमाडौं बोलाएका छन्। आजको भेटवार्ताको क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कुराकानी भएको बुझिएको छ।

कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन् भने सह इन्चार्ज यामलाल कँडेल, कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा, निलम्बित प्रमुख सचेतक गुलाबजंग शाहलगायत नेताहरूसँग अध्यक्षद्वयले भोलि भेट गर्नेछन्।

Next Post

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनमा तालाबन्दी

२८ आश्विन २०७७, बुधबार १६:५८
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानको शैक्षिक प्रशासन र केन्द्रीय प्रशासनमा तालाबन्दी गरिएको छ। मंगलबार प्रतिस्ठानका उपकुलपती राजेन्द्र राज वाग्लेले आफूखुशी जनस्वास्थ्य संकाएमा डिन नियूक्ती गरेको भन्दै प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले उक्त निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको थियो। २४ घण्टा सम्म पनि मागको सुनुवाई नभएको भन्दै समाजले प्रतिस्ठानको केन्द्रिय प्रसाशन र […]