बामदेवविरुद्ध परेको रिटको सुनवाइ आज पनि स्थगित

हिमशिखर संवाददाता २८ आश्विन २०७७, बुधबार १५:५०

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिट निवेदनको सर्वोच्च अदालतमा आज पनि स्थगित भएको छ । असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो। उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो। उक्त मुद्दा आज संवैधानिक इजलासको पेसीमा चढ्न सकेन ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दिएका थिए ।

Next Post

भारतीय स्थल सेनाध्यक्ष नेपाल आँउदै

२८ आश्विन २०७७, बुधबार १५:५०
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण तय भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार जनरल नरावणे यही कात्तिक १८ गते नेपाल भ्रमणमा आउने भएका छन्। ‘कोरोना संकटका कारण दुवै देशमा भएको लकडाउनका कारण स्थगित भारतका स्थल सेनाध्यक्ष जनरल नरावणेको नेपाल भ्रमण यही कात्तिक महिनामा हुने भएको छ’, सैनिक […]