कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले पूर्व क्लब रियाल मड्रिडमा अभ्यास थालेका छन् । ३७ वर्षीय रोनाल्डोले आफूलाई फिट राख्न रियाल मड्रिडको अभ्यासस्थल प्रयोग गरेको बताइएको छ । गत महिना इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले उनको सम्झौता रद्द गरेपछि रोनाल्डो आगामी जनवरी एकदेखि अन्य क्लबमा आबद्ध हुन खुला हुनेछन् । रोनाल्डोले आफ्नो पूर्व क्लब युनाइटेडको व्यवस्थापनप्रति टिप्पणी गर्नुको साथै प्रशिक्षक एरिक टेन हागप्रति आफ्नो कुनै सम्मान नरहेको बताएका थिए । उक्त अन्तरवार्तापछि रुष्ट युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो । रोनाल्डोलाई साउदी अरबियन क्लब अल नासेरले ठूलो रकमको प्रस्ताव राखेको बताइएको छ । यद्यपि, रोनाल्डोसँग अर्को विकल्प रहेको बुझिएको छ । रोनाल्डोले मड्रिडस्थित भाल्डवेशमा रहेको रियालको मैदानमा अभ्यास गरिरहेका छन् । उनी रियाल नै फर्किने सम्भावना भने अहिलेसम्म देखिएको छैन । रोनाल्डो रियालका सर्वाधिक गोल कर्ता हुन् । सन् २००९ मा युनाइटेडबाट रियाल पुगेका उनले चार सय पचास गोल गरेका थिए । साथै सन् २०१८ सम्मको मड्रिडको बसाईमा उनले चार वटा च्याम्पियन्स लिग र दुईपटक स्पेनिस लिगको उपाधि उचालेका थिए । त्यसपछि उनी सन् २०१८ मा इटालियन क्लब युभेन्टसमा आबद्ध भएका थिए ।
Next Post

रुसद्वारा युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण : दुई जनाको ज्यान गयो
१ पुष २०७९, शुक्रबार ०५:४६
रुसले युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण गरेको छ । पछिल्लो आक्रमणका कारण कम्तीमा दुई जनाको ज्यान गएको छ । आक्रमणका कारण सहर पूर्ण रुपमा उर्जाबिहीन भएको र खेरसान क्षेत्रमा विद्युत् सेवा कटौती भएको छ । युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले सहरको केन्द्रमा गोली चलाएको दाबी गर्नुभएको […]
सम्बन्धित समाचार
-
११ बैशाख २०८०, सोमबार ०९:१०
चौथो जुम्ला रारा अल्ट्रा म्याराथन सुरू
-
२९ आश्विन २०७७, बिहीबार २०:१६
कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न सर्वाेच्चकाे आदेस
-
३२ श्रावण २०७८, सोमबार १०:२५
तालिवानहरू देसकाे आत्मसम्मान जाेगाउन उत्तरदायी हुनेछन् : अफगानि राष्ट्रपति घानी
-
७ आश्विन २०७८, बिहीबार २१:५७
सुर्खेत परिक्षा केन्द्र भए पछि जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरू मर्कामा
-
१३ माघ २०७७, मंगलवार २०:१७
जुम्लाको तिला गाउँपालिकाको गाेठीगाउँमा आगलागीबाट ३० घर जलेर नष्ट
-
२८ कार्तिक २०८२, शुक्रबार १६:०७
रास्वपा छनेडेका सन्तोष माओवादी छाडेका जनार्दनसंग छलफलमा


