भारतीय स्थल सेनाध्यक्ष नेपाल आँउदै

मानार्थ महारथि को दर्जा दिने तयारी

हिमशिखर संवाददाता २८ आश्विन २०७७, बुधबार १६:१३

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण तय भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार जनरल नरावणे यही कात्तिक १८ गते नेपाल भ्रमणमा आउने भएका छन्।

‘कोरोना संकटका कारण दुवै देशमा भएको लकडाउनका कारण स्थगित भारतका स्थल सेनाध्यक्ष जनरल नरावणेको नेपाल भ्रमण यही कात्तिक महिनामा हुने भएको छ’, सैनिक जनसम्पर्क निर्देशनालयले भनेको छ, ‘यस विषयमा नेपाल सरकार मन्त्रिपरिषद्ले २०७६ माघ २० मै आवश्यक निर्णय गरिसकेको छ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नरावणेलाई नेपाली सेनाको मानार्थ महारथि दर्जा प्रदान गर्ने कार्यक्रम पनि तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाली भूमि मिचिएको बारेमा विवादित अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई नेपाली सेनाको मानार्थ ‘महाराथि’ पदवी नदिन जंगी अड्‍डालाई निर्देशन दिएका थिए।

गत जेठ २ गते एक भाषणका क्रममा नरवाणेले कसैको उक्साहटमा नेपालले कालापानी र लिपुलेकको बिषय उठाएको बताएर विवादमा तानिएका थिए। त्यसपछि उनी नेपालको मानार्थ महारथि पद लिन अब योग्य नभएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएका थिए।

 

नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाका एक जनरललाई एक दुवै देशले ‘मानार्थ महारथि’ को दर्जा दिने चलन निकै पुरानो हो। नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाका सर्वोच्च कमान्डर अर्थात् भारतका राष्ट्रपतिबाट मानार्थ महारथिको पदवी दिने चलन छ। नेपालमा भारतीय सेनाका तीन प्रमुखमध्ये स्थलसेना प्रमुखलाई नेपालका राष्ट्राध्यक्षले ‘मानार्थ महारथि’को दर्जा दिने गरेका छन्।

भारतीय सेनामा रहेका स्थल, जल र वायुसेनामध्ये सबैभन्दा प्रभाव स्थल सेनाको छ। यी तीनै सेनामध्ये नेपालमा प्रायजसो स्थल सेनाध्यक्ष आउँछन् र उनैलाई मानार्थ महारथिको पदवी दिइन्छ। तर नेपालमा एकजना मात्रै प्रधानसेनापति हुने भएकाले भारतमा उनैले मानार्थ महारथिको सम्मान पाउँछन्।

Next Post

जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री १४ महिनापछि हिरासतमुक्त

२८ आश्विन २०७७, बुधबार १६:१३
जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष महबूबा मुफ्ती करिब १४ महिनाको हिरासतपछिरिहा भएकी छिन्। जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार राति रिहा गरेको हो। गत वर्षको अगस्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्य बनाउने संवैधानिक प्रावधान धारा ३७० हटाएसँगै पूर्वमुख्यमन्त्री मुफ्तीलाई हिरासतमा लिइएको थियो। उनलाई जनसुरक्षा अधिनियम अन्तर्गत हिरासतमा […]

सम्बन्धित समाचार