कर्णालीमा मन्त्री मण्डल विस्तार , एमाले नेपाल समुहबाट तीन जना मन्त्री

रबि नेपाली ५ बैशाख २०७८, आईतवार ०९:३१

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री मण्डल विस्तार गरेकाछन । शनिबार साँझ विस्तार गरेकाे मन्त्री मण्डलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरू अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही मन्त्री बनेका छन् ।

थापा भौतिक पूर्वाधार विकासमन्त्री, बुढा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा शाही उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भएका छन् ।
कांग्रेसले भने आन्तरिक छलफल गरेर दुई–तीन दिनमा मन्त्रीका लागि सांसदको नाम सिफारिस गर्ने भएको छ ।

Next Post

सरकारबाट फिर्ता हुन मन्त्रिहरूलाई जसपा काे निर्देशन

५ बैशाख २०७८, आईतवार ०९:३१
लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका चारै जनालाई स्पष्टिकरण सोध्दै फिर्ता आउन जसपाले निर्देशन दिएको छ । प्रदेश पार्टी अध्यक्ष अशोक कुमार यादवले प्रेस विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार, चारै जनालाई सरकारबाट फर्किन निर्देशन दिइएको हो । सोमबार प्रदेश प्रमुख धर्मनाथ यादवले नयाँ थपिएका ४ जना मन्त्रीहरुलाई सपथ ग्रहरण गराइसकेका […]