मुगुकाे हिम पहिरोमा परी जुम्लाका तीन जनाको मृत्यु

महेश चाैलागाँई २३ बैशाख २०८०, शनिबार २३:१०

मुगुकाे हिम पहिरोमा परी जुम्लाका तीन जनाको मृत्यु भएको छ। मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका-२ च्यार्खु भन्ने ठाउँमा यार्सा सङ्कलनका लागि गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका वर्ष ४० का तारासिंह सार्की, वर्ष ३६ का पुन्न सार्की र वर्ष ३६ का वीर बोहोराको मृत्यु भएको हाे ।

यार्सा संकलन गर्न गएकाे १४ जनाको टोली मध्ये तीन जनाको मृत्यु भएकाे र अन्य घाइते रहेकाे जिप्रका जुम्लाले जनाएकाे छ ।

उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय , प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उनको भनाई छ। सबै क्षेत्र बाट उद्धारको लागि पहल भइरहेको र भौगोलिक अवस्थाले पनि उद्धारमा समस्या देखिने बताइएको छ।

 

Next Post

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

२३ बैशाख २०८०, शनिबार २३:१०
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ। सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषद बैठकमा सहभागी उपसभामुख इन्दिरा रानाले जनाइन्। कार्की हाल कायमुकायम प्रधानन्यायाधीश छन्। संवैधानिक परिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले प्रधानन्यायधीशमा नियुक्त गर्नेछन्। चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग दर्ता भएपछि उनी पदमुक्त भएका थिए। जबरा पदमुक्त भएपछि […]