कुरीति बिरुद्ध को अभियान थाल्दै क्याड नेपाल

महेश चाैलागाँई २७ मंसिर २०७९, मंगलवार ०७:२०

नेपालको आर्थिक तथा सामाजिक विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु महत्वपूर्ण साझेदारको रूपमा रहेको पाइन्छ।

नेपालको संविधानले यस किसिमका सङ्घ/संस्थाको लगानी र भूमिकालाई राष्ट्रिय आवश्यकता र प्राथमिकता प्राप्त क्षेत्रमा संलग्न गराउने विषय प्रस्ट पारेको छ। प्लान नेपालको आर्थिक सहयोगमा आत्मा सम्मानका लागी सहकार्य क्याड नेपाल जुम्लाले कुरीति विरुद्धका बिभिन्न अभियान सुरु गरेको छ।

क्याड नेपालले, बालविवाह ,अंपांगता भएका व्यक्तिको हक अधिकार र छाउपडी प्रथा जस्ता विषय बस्तुमा टेकेर काम गर्दै आएको छ। जुम्ला जिल्लामा बालविवाहको अवस्था गम्भीर बन्दै गएको वर्तमान परिवेशमा क्याड नेपाल जुम्लाले बालविवाह रोकथामका लागी पालिका स्तरमा रणनीतिक योजना ,निमार्णमा भूमिका खेलेको क्याड नेपाल जुम्लाका संयोजक गिरीराज अधिकारीले बताए।

त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले ग्रमिण भेगको आवश्यकताको आधारमा कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे। उनले फिल्ड क्षेत्रमा  बिभिन्न संस्थाले संचालन गर्ने हरेका क्रियाकलापको बिषयमा अनुगमन गर्ने, नियमन गर्ने निकाय हुनु पर्ने बताए।

त्यस्तै पत्रकार महासंघका उपाध्यक्ष दिलमाया शाहीले बालविवाहले किशोर  किशोरीमा नकारात्मक प्रभाव पारेको बताइन्। उनका अनुसार सामाजिक कुरीति रोक्नका लागी सबैको समन्वय सहकार्य आवश्यक रहेको छ।

Next Post

उचित मुल्य नपाउदा थन्कियो जुम्ली स्याउ

२७ मंसिर २०७९, मंगलवार ०७:२०
सिंजा गाउँपालिका वडा नंं.५ का कृषक रामसिंह रावलले यस वर्ष ५ टन स्याउ फलाएका थिए । गत वर्ष भन्दा स्याउ उत्पादन वृद्धि भएकोले कमाई राम्रै हुने आशा गरेका रावलले श्रमको फल पाउनु भएन । उत्पादन भएको ५ टन स्याउ मध्ये मुस्किलले २ टन स्याउ बजारमा विक्री भएको रावलले बताउनुभयो । उहाँले […]