अविरल वर्षाका कारण त्रिवेणी टोप्ला सडक खण्ड अवरुद्ध

महेश चाैलागाँई १२ भाद्र २०७८, शनिबार १५:४९

अविरल वर्षाका कारण पहिराेले त्रिवेणी टोप्ला सडक खण्ड एक साता देखी अवरुद्ध भएको छ ।

त्रिवेणी टोप्ला सडक खण्ड अन्तरगतको तातोपानी गाउँपालिका वडा नम्वर ७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपाले मा पहिरो खसेको छ । एक साता सम्म पनि अवरुद्ध सडकखण्ड खुल्न सकेको छैन ।

तिन ठाउँमा खसेको पहिरो स्थानीयबाट पन्छाउन सम्भव नहुँदा दैनिकि कष्टकर बन्दै गएको तातोपानी ७ सर्मीका स्थानीय पे्रम रावले बताए ।

‘अहिले सम्म पनि सडक खुल्ने कुनै सुरसार छैन, नुन, चामल लगाएतका दैनिक उपभोग्य सामाग्रि दिनभर पिठ्युँमा बोक्नु पर्ने स्थिती आएको छ ।’ उनले भने । सडक सुचारु नहुँदा निर्माण सामाग्री समेत ढुवानी गर्न सकिएको छैन ।

सवारी साधन आउजाउ ठप्प छ, बिरामी स्टेचरमा बोकेर अस्पताल पुर्याउनु परेको स्थानीय राजु रावतले बताए । ‘एकातिर एक सडक निर्माण भएको १ दशक बितिसक्दा समेत स्तरउन्नती हुन सकेको छैन, त्यसमा बेला बेला पहिरोले सास्ती थप्ने गरेको छ , भेरिखोलाका दर्जनौं गाउँका स्थानीय मारमा छन् ।

यता सडक डिभिजन कार्यालय जुम्लाले भने आइतवार सम्म सडक सुचारु हुने जनाएको छ । अवरुद्ध सडक सुचारु गर्न तयारि भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले बताए ।

Next Post

कालिकोटमा जिप दुर्घटना, १ जनाकाे ज्यान गयाे ११ धाइते

१२ भाद्र २०७८, शनिबार १५:४९
कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको मृत्यु हुनुका साथै ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । मृत्यु हुने चालक सान्नीत्रिवेणी–१ का विक्रम गिरी भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । घाइते हुनेमा रास्कोट नगरपालिका–९ का […]