जुम्लाको एक सुनचाँदी पसलमा चाेरी

महेश चाैलागाँई ७ पुष २०८२, सोमबार १३:३२

जुम्ला सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको रोहन सुनचाँदी पसलमा अज्ञात समुहद्वारा तोडफोड भएको छ।

गएराती जिल्ला खेलकुद विकास समितिको टहरामा सञ्चालन हुँदै आएको रोहन सुनचाँदी पसलमा तोडफोड सहित गरगहना समेत चोरी भएको हो।

सुनचाँदी पसलका सञ्चालक काले सुनारका अनुसार राती करिब दुईबजे तिर पसलको सटर र काउन्टर तोडिएको देखेपछि उनले तत्काल आफन्तलाई र प्रहरीलाई फोन गरि घटनाको बारे जानकारी दिएका थिए।

चोरीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। सुनारले जिल्ला प्रहरी कार्यालय जुम्लामा लिखित निवेदन समेत पेश गरिसकेका छन्।

Next Post

रास्वपा नेता असिम शाहको घरमा रवि–बालेन भेटवार्ता

७ पुष २०८२, सोमबार १३:३२
काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भेटवार्ता सुरु भएको छ। स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा  वार्ता सुरु भएको हो। भेटवार्तामा रास्वपा उपसभापति डीपी अर्याल र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन्। शुक्रबार थुनामुक्त भएसँगै सभापति लामिछानेले राजनीतिक […]