रास्वपा नेता असिम शाहको घरमा रवि–बालेन भेटवार्ता

हिमशिखर संवाददाता ७ पुष २०८२, सोमबार २३:४४

काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भेटवार्ता सुरु भएको छ।

स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा  वार्ता सुरु भएको हो।

भेटवार्तामा रास्वपा उपसभापति डीपी अर्याल र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन्।

शुक्रबार थुनामुक्त भएसँगै सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तिव्रता दिएका छन्। हिजो राति मात्रै उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए।

Next Post

हुम्लाकाे रिपमा आगलागी हुँदा पाँच घर जले दुई जना घाइते

७ पुष २०८२, सोमबार २३:४४
हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागी हुँदा पाँच घर जलेका छन् । दुई जना घाइते भएका छन् । स्थानीयका अनुसार गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । आगोमा जलेर लैबा फेडेरा […]