हुम्लाकाे रिपमा आगलागी हुँदा पाँच घर जले दुई जना घाइते

महेश चाैलागाँई ११ पुष २०८२, शुक्रबार ०८:४७

हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागी हुँदा पाँच घर जलेका छन् । दुई जना घाइते भएका छन् ।

स्थानीयका अनुसार गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ ।

आगोमा जलेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए ।

Next Post

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सञ्चारमन्त्री जगदीश खरेल विच भेटवार्ता

११ पुष २०८२, शुक्रबार ०८:४७
सञ्चार मन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। उनी शुक्रबार देउवालाई भेट्न महाराजगञ्जस्थित निवासमा पुगेका हुन्। चुनावी तयारीलगायत विभिन्न विषयमा कुराकानी गर्न सञ्चार मन्त्रीले देउवालाई भेटेकाे बताइएकाे छ। आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग […]