सञ्चार मन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
उनी शुक्रबार देउवालाई भेट्न महाराजगञ्जस्थित निवासमा पुगेका हुन्।
चुनावी तयारीलगायत विभिन्न विषयमा कुराकानी गर्न सञ्चार मन्त्रीले देउवालाई भेटेकाे बताइएकाे छ।
आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने खरेलको सचिवालयले जनाएकाे छ।



