सांसद ओलीको स्पष्टीकरण -‘म झुक्किर विश्वासको पक्षको गइछु’

रबि नेपाली ७ बैशाख २०७८, मंगलवार १७:२५

नेकपा एमालेले कर्णाली प्रदेशकी सांसद देवी ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्ष र विपक्षमा भएको मतदानमा झुक्किएको स्पष्टीकरण दिएकी छन्।

गएको शुक्रबार भएको मतदानमा सुरुमा महेन्द्रविश्वासको पक्षमा मदिएर पछि सच्याएकी ओलीले आफूले थाहा पाउनेबित्तिकै मत सच्याएको बताएकी हुन।

‘मतदानका लागि लाइनमा उभिने कममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु। थाहा पाउनेबित्तिकै फर्किएर मुख्यमन्त्री मा. महेन्द्रबहादुर शाहीको प्रस्तावका विपक्षमा हाम्रो पार्टी नेकपा (एमाले)को प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्वीप (निर्देशनानुसार नै मतदान गरेको स्पष्ट गर्दछु। यसको प्रमाण रेकर्ड संसद् सचिवालयमा रहेको कुरा समेत स्पष्ट गर्दछु। यसमा कोही पनि भ्रम नपर्न समेत अनुरोध गर्दछु,’ उनले दिएको स्पष्टीकरणपत्रमा भनिएको छ।

उनले आफू संसदीय दलको ह्वीपको पक्षमा नै रहेको स्पष्ट पारेकी छन्। मत सच्याएपछि एमालेले उनलाई स्पष्टीकरण सोधेको थियो।

Next Post

बाँकेमा वैशाख ९ गते देखि लकडाउन

७ बैशाख २०७८, मंगलवार १७:२५
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा ९ वैशाखदेखि लकडाउन हुने भएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले एक साताका लागि लकडाउन गर्न सिफारिस गरेपछि बाँके प्रशासनले लकडाउन गर्न लागेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनले लकडाउनका वेला अति आवश्यक कामबाहेक हिँडडुल गर्न नपाइने बताए । […]