सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्छौ : प्रधान मन्त्री देउवा

हिमशिखर संवाददाता २९ भाद्र २०७९, बुधबार १५:३२

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन्। बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका हुन्।

उनले वर्तमान सरकारले १५औं पञ्चवर्षीय योजनाअनुसार पूर्वाधार विकासलाई  प्राथमिकता दिएर काम गरिरहेको बताए। प्रधानमन्त्री देउवाले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताए।

उनले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकतापर्ने बताए। प्रधानमन्त्री देउवाले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औंल्याए।

Next Post

आजबाट सुरू भयाे एमडीएस प्रणाली, तपाईकाे माेबाईमा म्यासेज आयाे ?

२९ भाद्र २०७९, बुधबार १५:३२
नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबारबाट नेपालमा मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आधिकारिक रूपमा सुरुवात गरेको छ । यो प्रणाली लागू भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता भएका फोन बाहेक अन्य फोनमा सिम सपोर्ट गर्दैन । यसको अर्थ  आजबाट कुनै पनि फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता नगरी प्रयाेगमा ल्याउन नमल्नने […]