आजबाट सुरू भयाे एमडीएस प्रणाली, तपाईकाे माेबाईमा म्यासेज आयाे ?

हिमशिखर संवाददाता ३० भाद्र २०७९, बिहीबार १८:३४

नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबारबाट नेपालमा मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आधिकारिक रूपमा सुरुवात गरेको छ । यो प्रणाली लागू भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता भएका फोन बाहेक अन्य फोनमा सिम सपोर्ट गर्दैन ।

यसको अर्थ  आजबाट कुनै पनि फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता नगरी प्रयाेगमा ल्याउन नमल्नने भएकाे छ ।

आज (२०७९ भाद्र ३०) भन्दा अघि नेपालमै  खरिद गरेका र बाहिरबाट ल्याएका माेबाईलहरू  स्वतः एमडीएमएस प्रणालीमा दर्ता भएका छन् ।

भाद्र ३० पछि बाहिरबाट ल्याएको फोनको अवस्था के हुन्छ भन्ने धेरैको जिज्ञासा हुनसक्छ । त्यसका लागि पनि दूरसञ्चार प्राधिकरणले अर्को नीति ल्याएको छ । जसअन्तर्गत फोन बाहिरबाट आएको १५ दिनभित्र एमडीएमएसमा दर्ता गरिसक्नु पर्ने हुन्छ ।

यदि सो समयावधिभित्र दर्ता नभएको खण्डमा भने दूरसञ्चार प्राधिकरणले उक्त फोन रेडलिस्टमा राख्छ । रेडलिस्टमा परेका फोनहरूमा नेपालकाे कुनै पनि नेटवर्क सपोर्ट नगर्ने नेपाल दुर सञ्चार प्राधिकरणले जनाएकाे छ ।

Next Post