चीनमा कोरोना संक्रमण बढेपछि भारतमा त्रास

हिमशिखर संवाददाता ८ पुष २०७९, शुक्रबार ०७:३५

चीनमा कोभिड संक्रमण बढेपछि छिमकी मुलुक भारतले सावधानी अपनाउन अपिल गरेको छ । भारतीय स्वास्थ्य अधिकारीहरूले सबैलाई बुस्टर डोज लिन पनि आग्रह गरेको छ ।

भारतले यो वर्षको सुरुवातमा नै मास्कसम्बन्धी नियमहरू फुकुवा गरेको थियो । तर छिमेकी मुलुक चीनमा कोरोनाको संक्रमण वृद्धि भएसँगै भारतीय अधिकारीले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

भारतमा केही महिना यता चार जनामा कोरोना भाइरससम्बन्धी बीएफ सेभेन ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । भारतमा अहिले संक्रमितको संख्या तीन हजार चार सयको हाराहारीमा छ । चीनमा संक्रमितको संख्यामा आएको वृद्धिसँगै भारतमा पनि त्रास फैलिएको छ ।

Next Post

प्रचण्डलाई बधाई दिँदै बाबुराम भट्टराई भने- अतिले खती गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्

८ पुष २०७९, शुक्रबार ०७:३५
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। उक्त सहमतिअनुसार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्षनेता राष्ट्रपति कार्यालय पुगेका छन्। […]

सम्बन्धित समाचार