सुर्खेतमा सुविधासम्पन्न द कर्णाली स्केटिङ पार्क खुल्दै

हिमशिखर संवाददाता १९ श्रावण २०८१, शनिबार २०:३७

सुर्खेतको बिरेन्द्रनगरमा अत्याधुनिक सुविधा सहितकाे  द कर्णाली स्केटिङ पार्क सञ्चालनमा आउने भएकाे छ। करिब ५० लाख लागतमा बन्नलागेकाे स्केटिङ पार्क कर्णाली प्रदेसकै सबै भन्दा ठुलाे र सुविधासम्पन्न भएकाे सञ्चालक बागबहादु बुढाले दावी गरेकाछन ।

युवा सक्ति दिन प्रतिदिन बिदेसिने क्रम बढिरहेकाे बेला साेदेसमै केही गराै भन्ने उदेश्यलेबाग बहादुर बुढा,सङ्गम लामा ,स्याम प्रसाद एैडि,रबिन्द्र बुढा, सन्त बहादुर रावत र सबिन बुढा लगायतका युवाहरूकै सक्रियतामा द कर्णाली स्केटिङ पार्क स्थापना गरिएकाे अर्का सञ्चालक संगम लामाले जानकारी दिए ।

सञ्चालनकाे तयारीमा रहेकाे कणाली स्केट पार्क

करिव ४ हजार ५ सय बर्गफिटमा बनेकाे स्केट पार्क बच्चा देखि युवा सबै उमेर समुहका लागि उपयुक्त रहेकाे सञ्चालक पक्षकाे दावी छ ।
यही श्रावण २१ गते उद्घाटन हुने स्केट पार्कमा दक्ष प्रशिक्षक र कर्मचारी छन भने ढुक्कसँग खेल्नकाे लागि सुरक्षा उपकरणकाे पनि व्यावस्था रहेकाे सञ्चालक पक्षले जनाएकाे छ ।

उद्घाटन अफरकाे रूपमा श्रावण २१ गते २५ प्रतिसत छुट रहेकाे र विद्यार्थीलाई एक महिना सम्म २५ प्रतिसत छुट दिने सञ्चालकहरूले जानकारी दिएकाछन ।श्रावण २१ गतेकाे उद्घाटन कार्यक्रममा सम्पुर्ण स्केट प्रेमी तथा खेलप्रेमी सबैलाई उपस्थितकाे लागि स्केट पार्ककाे फेसवुक पेजमार्फत सुचना गरेकाे छ ।

Next Post

शिक्षामा सुधार ल्याउन गुठिचाैरमा ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम

१९ श्रावण २०८१, शनिबार २०:३७
जुम्ला । गुठीचौर गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रलाई सुधार गर्न विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमबाट पालिका सबै विद्यालयलाई सूचना प्रविधिमैत्री बनाइ शिक्षाको गुणस्तर सुधार गर्नेदेखि, पालिकाको स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागू गर्ने भएको […]