प्रहरीको गोली लागेर ८० जना घाइते, एकजनाको मृत्यु

हिमशिखर संवाददाता २३ भाद्र २०८२, सोमबार १३:५५

जेन्जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ८० जना घाइते भएका छन्। घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

उपचार भइरहेका मध्ये एकजनाको मृत्यु भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।

‘८० जना घाइतेहरु अस्पतालमा छन्, त्यसमध्ये एकजनाको मृत्यु भएको छ,’ उनले भने।

Next Post

बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो  आन्दोलन, २ जनाको मृत्यु

२३ भाद्र २०८२, सोमबार १३:५५
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा […]