मुसीकोटमा कृषि, पर्यटन, व्यापार महोत्सव सुरु

महेश चाैलागाँई १८ फाल्गुन २०८०, शुक्रबार १८:३४

रूकुम उद्योग वाणिज्य संघ रूकुम पश्चिमको आयोजना तथा कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सहआयोजनामा यही फागुन २८ गतेसम्म सञ्चालन हुने महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, उर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्काका अनुसार स्थानीय उत्पादनको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने र जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गर्ने पनि भनिएको छ ।

महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनुका साथै स्थानीय उत्पादनसमेत राखिने सहआयोजक कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए । महोत्सवमा विभिन्न व्यापारिक स्टल रहने छन् भने जिल्लाका अर्ग्यानिक उत्पादनहरू पनि पाइने पनि परियारको भनाइ छ ।

Next Post

जुम्ला मा एक युवक मृत अवस्थामा भेटिए

१८ फाल्गुन २०८०, शुक्रबार १८:३४
जुम्लामा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। शुक्रबार बिहान साढे १२ बजेतिर मृत भेटिएका थिए। मृतक जुम्लाको चन्दननाथ नगरपालिका-८ श्रीढुस्का गाउँका ४५ वर्षका कलबहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय जुम्ला सूचना अधिकारी उमेश चन्दले बताए। प्रहरीका अनुसार डागी १२ दिनदेखि घरबाट बेपत्ता थिए। उनको कम्मरभन्दा तलको भाग स्याल खाइसकेको छ। […]

सम्बन्धित समाचार