जुम्ला कारागारबाट भागेका मध्ये ११ जना फेला

महेश चाैलागाँई २६ भाद्र २०८२, बिहीबार २१:५७

जुम्ला कारागारबाट भागेका कैदीमध्ये ११ जना पक्राउ परेका छन्। तीमध्ये ५ जनाले आफैं आत्मसमर्पण गरेका छन् भने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेबिन बाबू रेग्मीले जानकारी दिएका छन ।

नियन्त्रणमा परेकामध्ये जुम्लाका प्रेम राजा महत, हिक्मत गिरी, डिली कार्की, भीमप्रसाद कडायत र हुकुम शाही रहेका छन् भने मुगुका दिनेश लावड पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार अन्य फरार कैदीको खोजी कार्य जारी

Next Post

सुशीला कार्की नेतृत्वमा नयाँ सरकार, प्रतिनिधिसभा विघटन हुने सहमति

२६ भाद्र २०८२, बिहीबार २१:५७
पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो ।