प्रेस चौतारीको १०औं महाधिवेशन सर्‍याे

हिमशिखर संवाददाता १६ फाल्गुन २०८१, शुक्रबार १४:००

१६ फागुन, काठमाडौँ । प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए।

यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

उनका अनुसार पूर्वनिर्धारित समयमा प्रदेश र जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको हो।

उनले प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनलाई श्रमजीवी पत्रकारहरुको उत्सवका रुपमा सम्पन्न गर्ने बताए ।

Next Post

जुम्ला सहित ३ जिल्लालाई सेवा उपलब्ध हुने गरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने

१६ फाल्गुन २०८१, शुक्रबार १४:००
जुम्लाकाे हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने भएकाे छ । जुम्ला कालिकाेट र मुगु ३ वटै जिल्लालाई सेवा उपलब्ध हुने गरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने भएकाे हाे । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सडक विभागका महानिर्देशक तथा यान्त्रिक महाशाखा उप-महानिर्देशक संग हिमामा यान्त्रिक कार्यालय स्थापनाका लागि माग गरेका […]

सम्बन्धित समाचार