चन्दननाथ ३ मा लागु औषध, घरेलु हिंसा तथा छाउपडी सम्बनधी सनचेतना मुलक कार्यक्रम सम्पन्न ।।

महेश चाैलागाँई ११ चैत्र २०८०, आईतवार १७:५५

हिमशिखर सञ्चार गृहको आयोजना तथा चन्दननाथ नगरपालिका वडा जम्वर ३ को आर्थिक सहयोगमा चन्दननाथ नगरपालिका वडा नम्वर ३ को डाँडाकोटमा जनचेतना मुलक कार्यक्रम गरिएको छ । गाउँघरमा अझै पनि छाउपडी कायम रहेको र लागु औषले गर्दा युवायुवतीहरु बिग्रकाले चन्दननाथ ३ मा सडक नाटक तथा देउडा कार्यक्रम गरिएको हो ।

छाउपडी प्रथाले समाजमा जरा गाडेको अबस्थामा न्युनिकरण गर्नको लागि जनचेतानाको कार्यक्रम गरिएको हो । जुम्लामा पछिल्लो समय लागु औषध, घरेलु हिंसा र छाउपडी प्रथा अझै कायममै रहेकाले यसलाई न्युकिरण गर्न यस्ता खालका कार्यक्रमले सहयोग गर्ने चन्दननाथ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष रतन खत्रीले बताउनुभयो ।

उहाँका अनुसार समाजमा कायमै रहेको लागु औषध, घरेलु हिंसा र छाउपडी प्रथा जस्ता बिकृतिलाई न्युनिकरण गर्ने उद्देश्यले सडक नाटक तथा देउडा प्रर्दशन गरिएको हो । चन्दननाथ नगरपालिका वडा नम्वर ३ को आर्थिक सहयोग र हिम सिखर सञ्चार गृह जुम्लाको आयोजनामा चन्दननाथ नगरपालिका वडा नम्वर ३ मा सडक नाटक तथा देउडा कार्यक्रम हिम सिखर सञ्चार गृह जुम्लाले जनाएको छ ।

सडक नाटकले बिकृती गर्ने समुदायलाई खबरदारी गर्ने वडा अध्यक्ष खत्रीले बताउनुभयो । उहाँका अनुसार सडक नाटक प्रर्दशन कार्यक्रमले समाजमा बिद्यमान देखि चल्र्दै आएको छाउपडी प्रथा जस्ता किकृती केहि हद कम गर्ने उदेश्यले नाटक प्रर्दशन गरिएको बताउनुभयो । उहाँका अनुसार हाम्रो समाज जति हामीले खेखेका छौँ । त्यो भन्दा पनि फरक रहेको छ ।

जति पविर्तन भयो उति नै बिकृतीका घटना हुने भएकाले न्युनिकरण गर्ने वडाको लक्ष्य रेहेको बताउनुभयो । यस्तै चन्दननाथ नगरपालिका वडा नम्वर ३ का सदस्य बिजय नेपालीका अनुसार यस्ता खालका जनचेतनामुलक कार्यक्रमले समाज हुने अनेक बिकृतिको प्रदा फास हुने बताउनुभयो ।

उहाँका अनुसार छाउपडी प्रथा, लागु औषध र घरेलु हिंसा लाई न्युकिरण सम्बन्धी सकारात्मक कामको चर्चा गर्दै वडा पनि सहकार्यमा काम गर्न चाहेको बताउदै सदस्य नेपालीले समाजमा यस्ता बिकृतिको निमुल पार्ने प्रतिबद्धता जनाउनुभयो । सडक नाटक तथा देउडा कार्यक्रममा सहभागी समहुलाई सम्मान गरिएको छ ।

Next Post

ललितपुरमा हाेली खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाकाे मृत्यु

११ चैत्र २०८०, आईतवार १७:५५
ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ। गएराति ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। मृत्यु हुनेमा अन्दाजी २८-२९ वर्षका पूजन राई र राेवस राई रहेका छन्। पाँचथर घर […]