जुम्ला सहित ३ जिल्लालाई सेवा उपलब्ध हुने गरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने

हिमशिखर संवाददाता १९ फाल्गुन २०८१, सोमबार १६:०५

जुम्लाकाे हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने भएकाे छ । जुम्ला कालिकाेट र मुगु ३ वटै जिल्लालाई सेवा उपलब्ध हुने गरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने भएकाे हाे ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सडक विभागका महानिर्देशक तथा यान्त्रिक महाशाखा उप-महानिर्देशक संग हिमामा यान्त्रिक कार्यालय स्थापनाका लागि माग गरेका थिए । आबश्यक पर्ने ८ राेपनी जग्गा गाउँपालिकाले उपलब्ध गराउन सकेमा छिटै यान्त्रिक कार्यालय स्थापना गर्न सकिने सडक विभागले जानकारी दिएकाे ।

आईतबार हिमा गाउँपालिकालाई परिपत्र गर्दै सडक विभागले भनेकाे छ,’गाउँपालीकाका अध्यक्ष श्रीमान् लक्ष्मण बहादुर शाही ज्यू बाट सडक विभागका महानिर्देशक र यान्त्रिक महाशाखाका उप-महानिर्देशक ज्यू सँग छलफल गरी उक्त गाउँपालीकाको कुनै उपयुक्त स्थानमा यान्त्रिक कार्यालय,

जुम्ला स्थापना गर्न अनुरोध भए बमोजिम मुगु, जुम्ला र कालीकोट ३ वटै जिल्लामा सहज ढङ्गले सेवा पुग्ने गरी सोहि गाउँपालीका अन्तर्गत उचित स्थानमा जग्गा उपलब्ध भएमा यान्त्रिक कार्यालय त्यस क्षेत्रमा स्थापना गर्न सकिने व्यहोरा अनुरोध छ पत्रमा भनिएकाे छ ।

Next Post

ओलीले कर्णालीका मुख्यमन्त्रीलाई मध्यपश्चिम प्रदेशका मुख्यमन्त्री भने

१९ फाल्गुन २०८१, सोमबार १६:०५
सुर्खेत : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री भन्नुपर्नेमा मध्यपश्चिम प्रदेशका मुख्यमन्त्री भनेका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा सुरुमै उनले मध्यपश्चिम प्रदेशका मुख्यमन्त्रीज्यू भन्दै सम्बोधन सुरु गरेका थिए । उनले रोष्टमबाटै कर्णालीका मुख्यमन्त्री भन्नुपर्नेमा मध्यपश्चिमका मुख्यमन्त्री भनेपछि पछिबाट आवाज आयो ‘मध्यपश्चिम होइन कर्णाली हो कुलपतिज्यू’ । त्यसपछि […]