बझाङमा यार्सा संकलनको क्रममा एक जनाको मृत्यु

हिमशिखर संवाददाता २० जेष्ठ २०७९, शुक्रबार १४:१९

बझाङमा यार्सा संकलनका क्रममा हिमपहिरोमा परि एक महिलाको मृत्यु भएको छ। मृत्य हुनेमा सुर्मा गाउँपालिका-१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेकी छन्। बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको हो।

उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन्। मृतक बोहराको उद्दारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर बिष्टले बताए।

मृतक बोहराका एक छोरा एक छोरी रहेका छन्।

बझाङमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरु घर नै रित्याएर यार्सा संकलनका लागि लेकतर्फ गएका छन्।

Next Post

ब्राजिलमा बाढीको कारण १२६ को मृत्यु, ९ हजार विस्थापित

२० जेष्ठ २०७९, शुक्रबार १४:१९
ब्राजिलमा गत हप्तादेखि निरन्तर वर्षा र बाढीको कारण मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन्। यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ। गत सातादेखि परेको भीषण वर्षाका कारण उक्त स्थानम कम्तिमा पनि ९ हजार […]