तीनकुने सामूहिक हत्याका अभियुक्त कारागार चलान

हिमशिखर सम्वाददाता काठमाण्डौ २६ आश्विन २०८०, शुक्रबार १६:५६

तीनकुनेमा चार जनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौँले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार चलाउन पठाउन आदेश दिएको हो।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई गत भदाै २९ गते तीनकुनेमा चार जनाकाे हत्या गरेकाे आराेपमा पक्राउ गरेकाे थियाे। उनलाई घटना भएकाे दुई दिनपछि प्रहरीले पक्राउ गरेकाे थियाे।

पक्राउपछि बयानका क्रममा उनले चार जनाकाे हत्या गरेकाे स्वीकारेका थिए।

Next Post

पत्रकार महासंघ शाखा जुम्लामा प्रेस चौतारीले लगायाे ताला

२६ आश्विन २०८०, शुक्रबार १६:५६
प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लामा अनिश्चित तालाबन्दि गरेको छ । नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरणमा पूर्वाग्राह भएको भन्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले तालाबन्दि गरेको अध्यक्ष नौरते नेपालीले बताए । उनका अनुसार, पेशागत सुरक्षालाई गौण ठानी संस्थागत […]

सम्बन्धित समाचार