हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते उद्धारको पर्खाइमा

हिमशिखर संवाददाता १० चैत्र २०८०, शनिबार १७:४२

हुम्लाको अदानचुली गाउँपलिका–४ पाम्स भन्ने ठाउँमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिपमा सवार अन्य पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा वडा नम्बर ५ का ४० वर्षका फागुने लुवार र १२ वर्षका बालक प्रवेश ऐडी रहेको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले जानकारी दिए।

घाइते पाँच जनाको अवस्था जटिल रहेको उनले बताए। तर घाइतेको थप उपचारका लागि सुर्खेत ल्याउन हेलिकप्टरको व्यवस्थापन हुन सकेको छैन।

घटनास्थलबाट उद्धार गरेर घाइतेलाई श्रीनगर अस्पतालमा राखिएको छ। तर त्यहाँ उपचार हुन नसकेपछि अहिले प्रदेश सरकारका सांसदसँग उद्धारका लागि कुरा भइरहेको उपाध्यक्ष रोकायाले बताए।

सु.प. ०१००१ ज ११८३ जिप गाउँपालिका कार्यालय रहेको नम्बर ३ श्रीनगरबाट हिडेको थियो। वडा नम्बर ५ मा जानका लागि हिडेको जिप वडा नम्बर ४ को पाम्स मोडमा करिब पाैने ४ बजेतिर दुर्घटनामा परेको हो।

थप विवरण आउन बाँकी छ।

Next Post

चन्दननाथ ३ मा लागु औषध, घरेलु हिंसा तथा छाउपडी सम्बनधी सनचेतना मुलक कार्यक्रम सम्पन्न ।।

१० चैत्र २०८०, शनिबार १७:४२
हिमशिखर सञ्चार गृहको आयोजना तथा चन्दननाथ नगरपालिका वडा जम्वर ३ को आर्थिक सहयोगमा चन्दननाथ नगरपालिका वडा नम्वर ३ को डाँडाकोटमा जनचेतना मुलक कार्यक्रम गरिएको छ । गाउँघरमा अझै पनि छाउपडी कायम रहेको र लागु औषले गर्दा युवायुवतीहरु बिग्रकाले चन्दननाथ ३ मा सडक नाटक तथा देउडा कार्यक्रम गरिएको हो । छाउपडी […]