घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवविरुद्ध मुद्दा दायर

हिमशिखर सम्वाददाता काठमाण्डौ २२ असार २०८०, शुक्रबार १९:१२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सडक निर्माणकार्य सम्पन्न सिफारिश गरिदिएबापत सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरुलाई पक्राउ गरेको थियो।

आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

Next Post

संसद विकास कोषबाट निर्मित घेराबार चोरी

२२ असार २०८०, शुक्रबार १९:१२
जुम्लाको तातोपानी गाउँपालिकामा कृषि उत्पादन वृद्धि र सामुहिक स्याउ बगैंचा निर्माण गर्ने उदेश्यले गरिएको घेराबार चोरि भएको छ। तत्कालीन सांसद गजेन्द्र बहादुर महत कार्माको सांसद विकास कोषबाट आ.व २०७७र०७८ मा ६३ लाख सहयोगमा घेराबार भएको थियो।वडा नम्बर २, ४ र ६ को सान बनेको सामुहिक स्याउ बगैंचा अहिले उक्त क्षेत्रकौ […]