सरकार जनताप्रतिको दायित्वबाट पन्छिन नमिल्ने: बरिष्ठ नेता नेपालसरकार जनताप्रतिको दायित्वबाट पन्छिन नमिल्ने: बरिष्ठ नेता नेपाल

हिमशिखर संवाददाता २५ बैशाख २०७८, शनिबार ०९:३४

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महामारीले निम्त्याएको विषम् परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट पन्छिन नमिल्ले बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता नेपालले सरकारले कोरोना महामारीका बेला जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्ने सरकारको गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद्को बैठक डाकेका छन् । सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी सहित सातवटा अध्यादेश जारी गरेको पाँचौं दिन आइतबारका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक डाकेका हुन् ।

Next Post

कोरोना महामारी नियन्त्रणमा सक्दो सहयोग गर्ने चिनकाे घोषणा

२५ बैशाख २०७८, शनिबार ०९:३४
बेइजिङ — चीनले नेपालको कोरोना महामारी नियन्त्रणमा सक्दो सहयोग गर्ने घोषणा गरेको छ। बेइजिङस्थित नेपाली दूतावासले महामारी नियन्त्रणमा चिनियाँ सहयोगका लागि सिनोफार्म र अक्सिजन सिलिन्डरका लागि चिनियाँ सिड्का भन्ने निकायसँग पहल गरिरहेका बेला चीनले पत्रकार सम्मेलन गरेरै सक्दो सहयोगको प्रतिबद्धता जनाएको हो । शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चिनियाँ परराष्ट्र […]

सम्बन्धित समाचार