तिला गाउँपालिकाले पोषण अवस्थामा सुधार ल्याउन गाउँपालिका भित्रका १ दिख ९ नम्बर वडाका ५० जना बालबालिकालाई पाेषणका सामाग्री वितरण गरिएको छ । हेरचाहका कारण र पर्याप्त खानेकुरा नहुँदा कुपोषणको मारमा परेका बालबालिकालाई लक्षित गरि उपाध्यक्ष कार्यक्रम अन्तरगत पोषण सामाग्री वितरण गरिएकाे हो । तिला गाउँपालिका भित्रका वडा नम्बर १ देखि ९ सम्मका ५० जना बालबालिकाका आमा लाई पाेषणका सामाग्री वितरण गरिएको तिला गाउँपालिकाकी उपाध्यक्ष गाेरिकला बुढाले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाका ५ वर्ष मुनिका बालबालिका परिवार, अति विपन्न, मध्यम कुपोषण, कडा कुपोषण र घरकाे आर्थिक अबस्था कमजाेर भई कुपोषणमा परेका बालबालिकालाई प्रति व्याक्ती ४ हाँस र ४ किलाे लाेकल चामल वितरण गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो । घरमा खाद्यान्न सकिएको, अभिभावक ज्याला मजदुरी गर्न जाने सम्भावना पनि नरहेका कारणले कुपोषणको जोखिममा रहेका बालबालिका, बिपन्न परिवार, मध्यम कुपोषण र कडा कुपोषण भएका बालबालिकालाई पोषणमा सुधार ल्याउनकाे लागि पाेषण सामाग्री वितरण गरिएको बुढाकाे भनाइ छ । उपाध्यक्ष कार्यक्रम बाट विभिन्न समयमा फरक फरक कार्य गरिरहेकाे दाबि गर्नुभयो ।
कार्यक्रममा बाेल्दै तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले कुपोषणमा परेका ५ बर्ष मुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने उद्देश्यले पोषण सामग्री वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार वितरित पोषण सामग्री अन्तर्गत लाेकल चामल ४ किलाे र ४ वटा हाँसले पाेषणमा केही सुधार आउने बताउनुभयो । उहाँले भन्नुभयो, यस्ता खालका कार्यक्रमले धेरै नभए पनि केही हद सम्म गाउँकाे पाेषण अबस्थामा सुधार हुने गाउँपालिकाकाे आसा रहेकाे बताउनुभयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाका अनुसार कुपोषणकाे अबस्थालाई शुन्यमा झार्ने गाउँपालिकाकाे लक्ष्य रहेकाे बताउनुभयो । याे समयमा दिएका हाँसलाई राम्रोसँग पालनपोषण गरेर पछि धेरै बनाई मासु खाए पछि कुपोषण बाट जाेगिन सकिने बताउनुभयाे ।
पोषण सामग्री वितरण कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधी, स्वास्थ्य शाखा, महिला स्वास्थ स्वयंसेविका वडा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।