पार्टी फुटाउन सहज हुनेगरी प्रधानमन्त्री ओलीलेअध्यादेश ल्याउन लागेको खुमलटारको चर्चा ।

हिमशिखर संवाददाता १६ कार्तिक २०७७, आईतवार १७:०२

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चा चलेको छ।

आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा खुमलटारको भेलामा उक्त विषयमासमेत चर्चा भएको पार्टी स्रोतले दाबी गरेको छ।

स्रोतले भन्यो, ‘ओली जसरी हुन्छ आफू सत्तामा टिकिराख्ने र शक्तिशाली बन्ने दौडमा छन्। पार्टी फुटाएर भएपनि प्रधानमन्त्री बन्ने उनको चाहनाले गर्दा पार्टी संकटमा भासियो। यो बारेपनि बैठकमा समीक्षा भएको छ।

ओलीले गत वैशाखमा दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीमा विवादले उग्ररुप  लिएको थियो।

Next Post

अन्ततः पछि हटे मुख्यमन्त्री शाही

१६ कार्तिक २०७७, आईतवार १७:०२
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद पुनरगठन गर्न सकेनन । मुख्यमन्त्री शाही नेकपा वरिष्ठ नेता माधकुमार नेपाल समूहसँग भएको पूर्वसहमति अनुसार आज मन्त्रिपरिषदमा हेरफेर गर्ने गरी बिहान सबेरैदेखि छलफलमा जुटेका थिए। मन्त्रिपरिषदमा हेरफेर गर्नका लागि शाहीले नेकपा अध्यक्ष केपी शर्मा ओली निकट सामाजिक मन्त्री दल रावल र पर्यटन मन्त्री […]