स्थाइ समिति बैठकको बीचमै  बाहिरिए घनश्याम भुसाल

हिमशिखर संवाददाता २४ फाल्गुन २०७७, सोमबार १७:४३

काठमाडौं: प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । ४ बजे बसेको बैठकबाट के कारणले भुसाल पेरिसडाँडाबाट बाहिरिएको भन्ने कारण भने प्राप्त भएको छैन ।

भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिन  इन्कार गरेका छन् ।

आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गरिने जनाइएको छ ।

Next Post

जुम्लाको पार्टी कार्यालयमा राखियो नेकपा एमालेको बोर्ड

२४ फाल्गुन २०७७, सोमबार १७:४३
जुम्लामा नेकपाको पार्टी कार्यलयमा नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्र ब्यूँताइदिएपछि जुम्लाको नेकपा पार्टी कार्यलयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बार्ड राखीएको हो । सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्र ब्यूँताइदिएपछि देश भरी नेकपाको बोर्ड हटाएर एमाले र माओवादी केन्द्रको बोर्ड राख्नेक्रम निरन्तर चलेको […]