एमालेको नाराबाजीका बिच संसदबाट ३ वटा अध्यादेश पारित

हिमशिखर संवाददाता २५ भाद्र २०७८, शुक्रबार १४:४६

एमाले सांसदहरूको नाराबाजीका बावजुद पनि प्रतिनिधिसभा बैठकले ३ वटा  अध्यादेश पारित गरेको छ।

शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो ।

एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए ।
एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित  गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ

Next Post

कर्णाली विद्रोहले एकीकृत समाजवादी पार्टी निर्माणकाे ढाेका खुल्याे : प्रकाश ज्वाला

२५ भाद्र २०७८, शुक्रबार १४:४६
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले कर्णालीबाट सुरु गरेकाे विद्रोहले एकीकृत समाजवादी पार्टी निर्माणकाे ढाेका खुलेकाे बताएकाछन । जुम्ला पुगेर पार्टीको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै पुर्वमन्त्री ज्वालाले एमाले पार्टी समग्र रुपमा नष्ट भइसकेकाले ओलीकाे बा प्रवृत्ति विरुद्ध कम्युनिस्ट चरित्र देखाउन कर्णालीबाट सुरु गरेकाे विद्रोहले एकीकृत […]