काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा असार १४ गते मध्यरातसम्म थप गरेको छ ।
पछिल्लो एक साता थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ। निषेधाज्ञाको नयाँ मोडालिटी अनुसार प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ।
असार ८ गतेदेखि आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामानका पसल खुल्नेछन्। त्यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ।
बारको आधारमा बिहान ११ बजेदेखि ४ बजेसम्म पसल खोल्न पाइने छ। तरकारी, खाद्यान्न र फलफूलका पसल बिहान ११ बजेसम्म खुल्नेछन्।