जुम्लामा पुग्याे लम्पी स्किन: ९ हजार गाइगाेरु संक्रमित

महेश चाैलागाँई १९ असार २०८०, मंगलवार ०५:५६

जुम्लाका गाइगाेरुमा पनि लम्पी स्किन देखा परेकाे छ। जिल्लाभर ९ हजार बढी गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण फैलिएको हाे।

जिल्लाका आठ स्थानी यतहका ६० वटै वडामा लम्पी स्किन रोग फैलिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ।

‘जिल्लाको सबै क्षेत्रमा लम्पी स्किन रोग फैलिएको देखियो, पशु प्राविधिकहरु गाउँबस्तीमा खटिएर रोकथामको उपायहरु अपनाइरहेका छन्,’ पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले भने।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कनकासुन्दरी, सिन्जा, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाका गाईगोरुमा संक्रमण फैलिएको छ।

कार्यालयका अनुसार जिल्लाभर ९ हजारभन्दा बढी गाईगोरु लम्पी स्किनबाट संक्रमित देखिएका छन् भने ३४ वटा गाईगोरु मरेका छन्।

सिन्जा गाउँपालिकामा ४ वटा गाईगोरु मरेका छन्। दुई हजार गाईगोरु संक्रमित छन्। कनकासुन्दरीमा १ सय १५ गाईगोरु संक्रमित छन्।

तातोपानीमा ९ हजार १ सय १०, गुठीचौरमा ३ सय ४९ गाईगोरु र २ सय ५१ चौरीगाई लम्पी स्किनबाट संक्रमित भएका छन्। तिला गाउँपालिकामा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरेको कार्यालयले जनाएको छ।

गाईगोरुमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक तरल पदार्थ आउने, र्‍याल काढ्ने, खुट्टा सुनिने, शरीरमा फोका आउने लक्षण देखा पर्ने गरेको छ

Next Post

पहिरोमा पुरिएर अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु

१९ असार २०८०, मंगलवार ०५:५६
अर्घाखाँचीको पाणिनी गाउँपालिका– १ मा पहिरोमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ। मंगलबार (आज) विहान ८ बजे घरमाथिबाट आएको पहिरोले घर पुर्दा च्यापिएर तीन जना बालबालिाकाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको रहेका छन्। उनीहरुलाई प्रहरीले […]