उद्यमशीलता र नेतृत्वका लागि राजधानीमा ‘युथ कन्क्लेभ २०२५’

महेश चाैलागाँई ६ भाद्र २०८२, शुक्रबार १८:१९

काठमाडौँ । राजधानीमा शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ। युवामा उद्यमशीलता, नेतृत्व क्षमता, व्यवस्थापन र औद्योगिक सीप विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित कन्क्लेभ आयोजना गर्न लागिएको हो।

युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा करिब पाँच हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रम संयोजक राजु टण्डनका अनुसार कन्क्लेभले युवालाई सही करियर मार्गदर्शन, नविनतम शिक्षण विधिको प्रवर्द्धन, उद्यमशीलता विकास तथा बौद्धिक पलायन रोक्ने दिशामा उत्प्रेरणा दिनेछ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान १० बजे सुरू हुने कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्। त्यस्तै एमएमए खेलाडी रबिन्द्र ढाँट ‘गेस्ट अफ अनर’ र गायक दुर्गेश थापालाई ‘परफर्मर अफ द इयर’ सम्मान प्रदान गरिनेछ।

यसैगरी केवाइसी–२०२५ ‘युथ आइकन’बाट सिसन बानियालाई सम्मान गरिनेछ। कार्यक्रममा एनसेलका सीईओ सईद मोहम्मद इनामुल कविर, नेपाल प्रहरीका ए.आ.जी दान बहादुर कार्की, पूर्व क्रिकेट कप्तान पारस खड्का, हास्य कलाकार सन्दीप क्षेत्री, अधिकारकर्मी रुक्सना कपाली, गायिका ओसीन कार्की, लक्ष्मी आचार्यलगायतको सहभागिता रहनेछ।

गीत–संगीत, हास्यव्यङ्ग्य, प्रेरणादायी कथा, स्टल र विद्यार्थी प्रस्तुति रहने यो कार्यक्रम २०७६ सालदेखि नियमित रूपमा हुँदै आएको हो।

Next Post

तातोपानी ४ मा “एकै रातमा, दुई सरकारी कार्यालयमा चोरी”

६ भाद्र २०८२, शुक्रबार १८:१९
जुम्ला – तातोपानी गाउँपालिका वडा नं. ४ मा एकै रातमा  दुई सरकारी कार्यालयमा चोरी” भएकाे छ  शुक्रबार राति करिब २ बजे तातोपानी गाउपालिका वडानं ४ काे कार्यलय र साेहि स्थानमा रहेकाे हाँकु स्वास्थ चाैकीमा  अज्ञात समूहले एकै समयमा  चोरी गरेको छ। शनिबार बिहान कार्यालय सहायकले अध्यक्षको कार्यकक्ष र स्टोरको ढोका […]