जुम्ला – तातोपानी गाउँपालिका वडा नं. ४ मा एकै रातमा दुई सरकारी कार्यालयमा चोरी” भएकाे छ शुक्रबार राति करिब २ बजे तातोपानी गाउपालिका वडानं ४ काे कार्यलय र साेहि स्थानमा रहेकाे हाँकु स्वास्थ चाैकीमा अज्ञात समूहले एकै समयमा चोरी गरेको छ।
शनिबार बिहान कार्यालय सहायकले अध्यक्षको कार्यकक्ष र स्टोरको ढोका खुला देखेपछि घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी हाकु ऐरेनीको टोली घटनास्थल पुगेको हो।
वडा कार्यालयका अनुसार ल्यापटप १ थान, राष्ट्रिय झण्डा २ थान, भिजिलिटी टी–शर्ट ३२ थान, करिब ३० पोका नुन र नगद ११ हजार ३ सय चोरी भएको छ।
स्वास्थ्य चौकीमा पनि ढोका फुटाइ सामान छरपस्ट पारेको भेटिएको छ। तर क्षतिको वास्तविक विवरण भोलि मात्रै सार्वजनिक हुने प्रहरीले जनाएको छ।



