तातोपानी ४ मा “एकै रातमा, दुई सरकारी कार्यालयमा चोरी”

महेश चाैलागाँई ७ भाद्र २०८२, शनिबार १९:५७

जुम्ला – तातोपानी गाउँपालिका वडा नं. ४ मा एकै रातमा  दुई सरकारी कार्यालयमा चोरी” भएकाे छ  शुक्रबार राति करिब २ बजे तातोपानी गाउपालिका वडानं ४ काे कार्यलय र साेहि स्थानमा रहेकाे हाँकु स्वास्थ चाैकीमा  अज्ञात समूहले एकै समयमा  चोरी गरेको छ।

शनिबार बिहान कार्यालय सहायकले अध्यक्षको कार्यकक्ष र स्टोरको ढोका खुला देखेपछि घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी हाकु ऐरेनीको टोली घटनास्थल पुगेको हो।

वडा कार्यालयका अनुसार ल्यापटप १ थान, राष्ट्रिय झण्डा २ थान, भिजिलिटी टी–शर्ट ३२ थान, करिब ३० पोका नुन र नगद ११ हजार ३ सय चोरी भएको छ।

स्वास्थ्य चौकीमा पनि ढोका फुटाइ सामान छरपस्ट पारेको भेटिएको छ। तर क्षतिको वास्तविक विवरण भोलि मात्रै सार्वजनिक हुने प्रहरीले जनाएको छ।

Next Post

सुटकेशभित्र भेटिएको शवको पहिचान

७ भाद्र २०८२, शनिबार १९:५७
तहटको मुडवालवा सडकमा सुटकेशमा भेटिएको युवतीको शव पहिचान खुलेको छ। गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड नजिकको सडकमा सुटकेशभित्र भेटिएको शव २६ वर्षीया रुबिकुमारी साहको हो। शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा उनको शव फेला परेको हो। उनी रौतहट, माधवनारायण–६ कि हुन् र भारतमा […]