सुटकेशभित्र भेटिएको शवको पहिचान

हिमशिखर सम्वाददाता काठमाण्डौ ८ भाद्र २०८२, आईतवार १०:३०

तहटको मुडवालवा सडकमा सुटकेशमा भेटिएको युवतीको शव पहिचान खुलेको छ।

गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड नजिकको सडकमा सुटकेशभित्र भेटिएको शव २६ वर्षीया रुबिकुमारी साहको हो।

शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा उनको शव फेला परेको हो।
उनी रौतहट, माधवनारायण–६ कि हुन् र भारतमा विवाह गरेर गएकी हुन्।

बच्चा पढाउन गौरमा डेरा लिएर बस्दैआएकी उनी २ दिनदेखि बेपत्ता
भएपछि आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्। सोहीअुसार उनको पहिचान खुलेको हो।
उनको घाँटीमा डोरी र सलले बाँधिएको छ। साहको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।

Next Post

कर्णाली प्रतिष्ठानमा नक्कली हस्ताक्षर काण्ड : पूर्व रजिस्ट्रार महतविरुद्ध षड्यन्त्र

८ भाद्र २०८२, आईतवार १०:३०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र हस्ताक्षर किर्ते गरि पूर्व रजिस्ट्रार नृपेन्द्र महतको बदनाम गरेपछि विवाद चुलिएको छ। किर्ते हस्ताक्षर गरिर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई बुझाएर समाचार प्रकाशन गरिएको भन्दै विरोध भएको हो। रजिस्ट्रारमा महत पुन: दोहोरिने भएपछि हस्ताक्षर किर्ते गरि उनको बदनाम गर्न खोजिएको देखिएको छ। यसैबीच प्रतिष्ठानका […]