कर्णाली प्रतिष्ठानमा नक्कली हस्ताक्षर काण्ड : पूर्व रजिस्ट्रार महतविरुद्ध षड्यन्त्र

महेश चाैलागाँई ८ भाद्र २०८२, आईतवार १३:४६

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र हस्ताक्षर किर्ते गरि पूर्व रजिस्ट्रार नृपेन्द्र महतको बदनाम गरेपछि विवाद चुलिएको छ। किर्ते हस्ताक्षर गरिर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई बुझाएर समाचार प्रकाशन गरिएको भन्दै विरोध भएको हो।
रजिस्ट्रारमा महत पुन: दोहोरिने भएपछि हस्ताक्षर किर्ते गरि उनको बदनाम गर्न खोजिएको देखिएको छ। यसैबीच प्रतिष्ठानका शिक्षक कर्मचारीले उक्त किर्ते कामको विरोध जनाएका छन्।

०८२ भदौ ५ गते प्रतिष्ठानका कुनै पनि शिक्षक तथा कर्मचारीलाई जानकारी नै नदिई, उनीहरूको नक्कली हस्ताक्षर प्रयोग गरी प्रतिष्ठानकै गरिमामा आँच पुग्ने गरी पत्राचार गरिएको भन्ने उजुरी बाहिरिएपछि खैलाबैला मच्चिएको हो।
प्रतिष्ठानका शिक्षक–कर्मचारीहरूको सामूहिक हस्ताक्षरको नक्कल गरी गरिएको गतिविधि आपत्तिजनक र अपराधजन्य भएको भन्दै प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले मिति २०८२ भदौ ८ गते प्रेस विज्ञप्ति जारी गरेको छ।

कर्णाली प्रतिष्ठानमा नक्कली हस्ताक्षर काण्ड : पूर्व रजिस्ट्रार महतविरुद्ध षड्यन्त्र

विज्ञप्तिमा भनिएको छ, “मुलुकी फौजदारी अपराध संहिता, २०७४ अनुसार यस्तो कार्य जघन्य अपराध हो। संस्थाको गरिमा ख्याल नगरी गरिएका यस्ता षड्यन्त्रकारी गतिविधि विधिको शासनविपरीत भएकोले दोषीलाई कानुनी कटघरा सम्म पुर्‍याउनुपर्छ।”
मन्त्रीलाई बुझाइएको कागजात मा प्रयोग गरिएका हस्ताक्षर आफूहरूको नभएको स्पष्ट पार्दै विभिन्न कर्मचारीले प्रतिवाद गरेका छन्।

काठमाडौंमा रहेका सहप्राध्यापक निशान्ता लामाले, “मलाई सो हस्ताक्षरबारे कुनै जानकारी छैन, त्यो मेरो हस्ताक्षर होइन,” भन्दै आफ्नो नाम कसल किन प्रयोग गर्‍यो थाहा नभएको बताए।

त्यस्तै प्रतिष्ठानका शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीले पनि भने, “पत्रमा प्रयोग गरिएको हस्ताक्षर मेरो होइन।”
प्रेस विज्ञप्तिमा यो प्रकरणलाई तत्कालीन रजिष्ट्रारविरुद्ध गरिएको ‘राजनीतिक पूर्वाग्रह’ र ‘षड्यन्त्रपूर्ण चलखेल’को रूपमा चित्रित गरिएको छ।

“कुनै पूर्व पदाधिकारी पुनः नियुक्त भए पनि आपत्ति छैन। तर संस्थाभित्र नक्कली हस्ताक्षर देखाएर गरिएका यस्ता गतिविधि संस्थाविरोधी क्यान्सर हुन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

कर्मचारी समाजले संस्थामा नियुक्त हुने जोसुकै व्यक्तिले संस्थाको मर्म र हित अनुसार काम गर्नुपर्ने र पुनः यस्ता गलत गतिविधि भएमा कानुनी उपचारमा जाने चेतावनी दिएको छ।

यसबीच, विवादित कागजमा नक्कली हस्ताक्षर गराइएका शिक्षक–कर्मचारीमध्ये डा. सुबी बस्नेत, डा. रविन खापुङ, सविना मानन्धर, चेत बहादुर राेकाया, निर्मला पहाडी लगायत विदामा रहेका छन्।
यसैबीच रजिस्ट्रार महतको पालामा एमबीबीएस लगायत प्रतिष्ठानको बढोत्तरी हुने गरि काम भएको हुनाले उनी पुन: दोहोरिँदा प्रतिष्ठानको हितमा काम हुने एक पूर्व पदाधिकारीले बताए।

 

Next Post

सुटकेसमा शव प्रकरणः रिक्सा चालक पक्राउ, हत्यारा खोज्दै प्रहरी

८ भाद्र २०८२, आईतवार १३:४६
रौतहट प्रहरीले सुटकेसमा शव फेला प्रकरणमा सुटकेस फाल्न प्रयोग भएको रिक्साका चालकलाई पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई–रिक्सा र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा  ई–रिक्सा चालक लक्ष्मण महरा छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु […]

सम्बन्धित समाचार