सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

हिमशिखर सम्वाददाता काठमाण्डौ ८ फाल्गुन २०७९, सोमबार २०:५५

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा सोमबार दिउँसाे प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएकाे हाे।

उनीहरूबीच राष्ट्रपति निर्वाचनकाे विषयमा छलफल भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

 

Next Post

टर्कीएमा फेरि ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प : तीन जनाको ज्यान गयो

८ फाल्गुन २०७९, सोमबार २०:५५
टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि  तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ । टर्कीए र सिरियामा गरी ६ सय ८० जनाभन्दा […]