दिनभर तनावग्रस्त रुकुम पश्चिमको राडी बजार निषेधाज्ञा जारी

हिमशिखर संवाददाता ६ माघ २०७७, मंगलवार २०:१९

नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाहरुबीचको विवादले रुकुम पश्चिमकाे राडी बजार क्षेत्र दिनभर तनावग्रस्त बनेपछि प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकाे छ।

सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछिस्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको रुकुम पश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

नेकपा प्रचण्ड–माधव समूह निकट आठबीसकोट नगरपालिका–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का कांग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीय युवा शिव केसीले बताए।

दुई पक्षबीचको विवादबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ ५ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हाे। अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए।

प्रशासनले मंगलबार साँझ ५ बजेदेखि पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न नपाइने उल्लेख छ।

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा ठुलाे उपहार जुम्लालाई  दिदैछु: मन्त्री भण्डारी(भिडियो सहित)

६ माघ २०७७, मंगलवार २०:१९
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जुम्लालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा ठुलाे उपहार दिने बताएका छन्। तर उपहार के हुने त्याे भने खुलाएका छैनन्। केहि महिनामै सबै जनताले थाहा पाउने उनले बताए। https://youtube.com/watch?v=2KdufwS9GdU&feature=share बुधबार बिहान जुम्लाको रत्नचूडेश्वर माविले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका […]