सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन

हिमशिखर सम्वाददाता काठमाण्डौ १४ फाल्गुन २०७९, आईतवार ०९:४०

बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा  पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ।

गए राति  बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत  उहाँ पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उहाँ करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए।

Next Post

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

१४ फाल्गुन २०७९, आईतवार ०९:४०
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा आइतबार सुनुवाइ नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो। बलात्कार आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो।