बाँकेमा वैशाख ९ गते देखि लकडाउन

हिमशिखर संवाददाता ७ बैशाख २०७८, मंगलवार १७:५७

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा ९ वैशाखदेखि लकडाउन हुने भएको छ ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले एक साताका लागि लकडाउन गर्न सिफारिस गरेपछि बाँके प्रशासनले लकडाउन गर्न लागेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

उनले लकडाउनका वेला अति आवश्यक कामबाहेक हिँडडुल गर्न नपाइने बताए । बाँकेमा ६ वैशाखमा मात्र तीन सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Next Post

पार्टी अध्यक्ष ओली दम्भको वायुपङ्खी घोडा चढेको कारण पार्टी एकताको सम्भावना कम छ : माधव नेपाल

७ बैशाख २०७८, मंगलवार १७:५७
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन्। पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेको कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे। पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको छ भन्दै उनले सङ्कटको सिर्जनकार […]