चन्दननाथ नगरपालिकाद्धारा उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीलाई सम्मान

हिमशिखर संवाददाता १४ कार्तिक २०७७, शुक्रबार २३:५५

चन्दननाथ नगरपालिका जुम्लाले राज्यको उच्च ओहदामा काम गर्ने जुम्ला जिल्लाका राष्टसेवक कर्मारीलाई  सम्मान गरेको छ । जुम्ला जिल्ला घर भई देशको विभिन्न स्थानमा काम गर्ने राष्ट्रसेवक कर्मचारीहरुलाई शुत्रबार नगरपालीकाले सम्मान गरेको हो ।

सम्मानित हुनेमा उच्च अदालतका न्यायधीस कृष्णलाल भट्टराई, सहसचिव तथा यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमाल, सहसचिव तथा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ,डिआईजी टेकेन्द्र कार्की, जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रमुख कर अधिकृत पूर्णप्रसाद चौलागाई, कर्ण प्रसाद तिमिल्सेना, प्रमुख कोष नियन्त्रण गोपीचन्द्र भण्डारी, सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत रहेका छन् । यसैगरी उपसचिव प्रेम देवकोटा, उपन्यायधिबक्ता नरेन्द्र देवकोटा, डिभिजन वन अधिकृत मुनवहादुर रावत, प्रमुख नापी अधिकृत पूर्ण प्रसाद पाण्डे, कानून उपसचिव निधिराज न्यौपाने, उपन्याधिवक्ता जयप्रसाद धिताल, कानून उपसचिव गोविन्द आचार्य, शिक्षा उपसचिव जवाहरलाल हमाल, कर्णाली प्रतिष्ठानका विशेषज्ञ डाक्टर पुजन रोकाया, डाक्टर माणिकरा न्यौपाने, डाक्टर पवन महत, डाक्टर , डाक्टर तुफानसिंह कठायत, डाक्टर गोमा कठायत र प्रमुख कोष नियन्त्रक खडानन्द अधिकारी सहित २६ जनालाई सम्मान गरेको छ।

सम्मानितहुने सबैलाई संघिय सासंद गजेन्द्र महत कर्णली प्रदेस सभा सदस्य दिनबन्दु श्रेष्ठ र चन्दननाथ नगरपालीकाका प्रमुख कान्तिका सेजुवालले संयुक्त रुपमा सम्मानपत्र र दोसल्लाले सम्मान गरेकाथिए ।

कार्यक्रमा बोल्दै संघीय सांसद गजेन्द्रबहादुर महतले च्याखुरा र राडिपाखी घुस लिएमात्र छिर्न पाइने सिंहदरवारमा अहिले जुम्लाबाट पनि कर्मचारी समयन्त्र स्थायी उपस्थिति भएकोमा खुसी व्याक्त गर्दै कर्णालीवासीको काम गर्न निर्देशन पनि दिए । सांसद महतले तत्कालिन विशाल सिञ्जा ध्वस्त पार्ने राज्यवाटै हामी पिसिएकाले अव आफ्नो अधिकार आफै खोज्ने दिन आएको बताएका थिए ।

प्रदेश सांसद दिनवन्धु श्रेष्ठले अव कर्णाली परनिर्भर नभई आफ्नै भरमा टिक्ने भएको प्रति खुशी व्यक्त गर्दै वैंकमा लोन लिन दहीको ठेकी लिएर आउने दिन गएको बताए

यस्तै चन्दननाथ नगरपालिकामा मेयर कान्तिका सेजुवालले उच्च स्तरको जनशक्तिलाई प्रोत्साहन दिनका लागि सामान्य सम्मान शुरु गरिएको बताउदै । कर्मचारी तन्त्रनै राज्य संचालन गर्ने स्थायी समयन्त्र भएकाले अव कर्णाली त्यो स्थानमा पहुँच राख्न शुरु गरेको बताइन ।

Next Post

कर्णाली प्रदेसकाे मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत

१४ कार्तिक २०७७, शुक्रबार २३:५५
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन् । उनले आइतबार बिहानै फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै उत्पन्न विवादले कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको हो । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले […]

सम्बन्धित समाचार