सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

हिमशिखर सम्वाददाता काठमाण्डौ १४ फाल्गुन २०७९, आईतवार १८:०५

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा आइतबार सुनुवाइ नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो।

बलात्कार आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो।

Next Post

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

१४ फाल्गुन २०७९, आईतवार १८:०५
१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि […]