जुम्लाकाे पातारासीमा बन्यो ४० बेडको आइसोलेसन

पुष्पा बिष्ट ५ जेष्ठ २०७८, बुधबार २०:२०

जुम्लाकाे पातारासी गाउँपालिकाले ४० बेडको संस्थागत आइसोलेसन सञ्चालनमा ल्याएको छ।
बुधवारदेखि पातरासीले ४० बेडको आइसोलेसनका साथै ५ बेडको कोभिड अस्पताल संचालनमा ल्याएको पालिका अध्यक्ष लछिमन बोहोराले बताए।

‘होम आइसोलेसनका कारण गाउँमा संक्रमण फैलन थाल्यो। नागरिक जोगाउन संक्रमण रोकथाम गर्न।य आइसोलेसनको विकल्प देखिएन,’ उनले भने।

आइसाेलुसन बनेकाे कर्णाली इन्ष्टिच्युटकाे भवन

उनका अनुसार लक्षण भएका तर अक्सिजन दिनु नपर्ने घरमा असुरक्षित महसुस गरेका सबै सङ्क्रमितलाई होम आइसोलेसनबाट संस्थागत आइसोलेसनमा ल्याइने छ।

विशेषज्ञ डाक्टर औषधी उपचार सहितको आइसोलेसन र कोभिड अस्पताल संचालनमा ल्याएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताए।

Next Post

माओवादी केन्द्र कपिलवस्तुका नेता माथि अज्ञात समुहद्वारा गोली प्रहार

५ जेष्ठ २०७८, बुधबार २०:२०
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो । मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको […]