धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई उर्फ हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। आइतबार साँझ उनले उपमेयर आइन्द्रविक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा उनले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनका लागि पदबाट राजीनामा दिएको स्पष्ट उल्लेख गरेका छन्।
मेयर साम्पाङले कुनै पनि बेला राजीनामा बुझाउन सक्ने जानकारी दिएपछि उपमेयर बेघा दिनभर कार्यालयमै प्रतीक्षारत थिए। अन्ततः आइतबार साँझ उनले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।



