दारी भाइको चिया पसलले मनायो दोस्रो वार्षिकोत्सव

हिमशिखर सम्वाददाता काठमाण्डौ ७ माघ २०८२, बुधबार १३:५०

काठमाडौँको भत्केको पुलमा सञ्चालनमा रहेको दारी भाइको चिया पसलले आज आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा पसलले हरेक ग्राहकलाई पाँच रुपैयाँमै चिया बिक्री गरेको छ।

दारी भाइको चिया पसल हाल संखमूल, भत्केको पुल, पुरानो बानेश्वर र बसुन्धरा लगायतका विभिन्न स्थानमार्फत चिया बिक्री गर्दै आइरहेको छ। छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल यस चिया पसलले गुणस्तरीय चियाका कारण विशेष पहिचान बनाएको छ।

पसलका सञ्चालक राजेश रेग्मी ‘दारी भाइ’का अनुसार वर्तमान समयमा चियाप्रति सर्वसाधारणको रुचि बढ्दो क्रममा रहेको छ। “ग्राहकको स्वाद र स्वास्थ्यलाई ध्यानमा राख्दै चियाको गुणस्तर अझै सुधार गर्न निरन्तर प्रयासरत छौँ,” उनले बताए

Next Post

कांग्रेस कर्णाली सभापति ललितजंग शाही राष्ट्रिय सभामा विजयी

७ माघ २०८२, बुधबार १३:५०
नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका छन्। जुम्ला र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय शाही संविधान सभाका सदस्य तथा संविधान निर्माणकर्ता हुन्। जुम्लाबाट दोस्रो संविधान सभा निर्वाचन जितेका शाही २०७९ सालको प्रदेश सभा निर्वाचनमा भने पराजित […]