कांग्रेस कर्णाली सभापति ललितजंग शाही राष्ट्रिय सभामा विजयी

महेश चाैलागाँई ११ माघ २०८२, आईतवार १८:१८

नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका छन्।

जुम्ला र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय शाही संविधान सभाका सदस्य तथा संविधान निर्माणकर्ता हुन्। जुम्लाबाट दोस्रो संविधान सभा निर्वाचन जितेका शाही २०७९ सालको प्रदेश सभा निर्वाचनमा भने पराजित भएका थिए।

संविधान सभामा रहँदा उनले जुम्लाको दीर्घकालीन विकासका लागि ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै पाँच मेगावाट विद्युत् उत्पादनको योजना बजेटमा समेट्न भूमिका खेलेका थिए। योजना कार्यान्वयनका लागि उनले सर्वोच्च अदालतसम्म कानुनी लडाइँसमेत लडेका थिए।

राष्ट्रिय सभा सदस्य बनेपछि पनि ऊर्जा, पूर्वाधार र कर्णालीका विकासका मुद्दा राष्ट्रिय तहमा उठाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

Next Post

जनताले नस्वीकारेका नेता, दलले संसद् पुर्‍यायो

११ माघ २०८२, आईतवार १८:१८
२०७९ को प्रदेश सभा निर्वाचनमा जनताबाट अस्वीकार भएका कांग्रेस नेता ललितजंग शाही अन्ततः संसद् प्रवेश गर्न सफल भएका छन् । तर यसपटक उनले रोजेको बाटो जननिर्वाचन होइन, राष्ट्रिय सभा हो । आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा शाही कर्णाली प्रदेशबाट ‘अन्य’ क्लस्टरअन्तर्गत निर्वाचित भए । प्रदेशसभा र स्थानीय तहका प्रतिनिधिको मतबाट […]