सरकारमा जान्नौँ, सरकारमा गए सबैलाई सिध्याइदिन्छन् भनेर कोही डराएका होलान्: रवि लामिछाने

हिमशिखर सम्वाददाता काठमाण्डौ ८ माघ २०८०, सोमबार १८:४२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल र अरु दलहरूबाट पनि ‘अफर नआएको’ बताएका छन्।

सोमबार पार्टी कार्यालयमा पत्रकारहरूलाई जवाफ दिँदै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ कि भनेर अरु कोही आत्तिन थालेको हुनसक्ने बताए।

‘हामी सरकारमा जानेबारेमा केही र कुनै छलफल भएको छैन। उनीहरू आएपछि त के के गर्छन् भनेर तर्सिएका होलान्। हुन त म पत्रकारिता छोडिसकेको मान्छे हुँ तर मैले धेरै कुरा पत्ता लगाउनसक्छु’ उनले भने ‘हामी सरकारमा गएपछि त अरु पनि धेरै कुराहरू पत्ता लगाउँछन् भनेर तर्सिएका पनि होलान्। तर अहिलेका लागि हामी सरकारमा जान्नौँ।’

सहकारीको रकम हिनामिना गरेको आरोपसहितका समाचारहरू सार्वजनिक हुन थालेपछि उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए।

Next Post

चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना

८ माघ २०८०, सोमबार १८:४२
चौरजहारी नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भएको छ । वडा नं. २ मा स्थापना भएको इलाका प्रशासन कार्यालयको सोमबार यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले उद्घाटन गरे । गाउँमै इलाका प्रशासन कार्यालय स्थापना भएपछि अब यहाँ आसपासका नागरिकलाई नागरिकता, राहदानी लगायत प्रशासनिक सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने झन्झट टरेको […]

सम्बन्धित समाचार