राष्‍ट्रिय सभा उपनिर्वाचनमा कांग्रेस उम्‍मेदवार पाण्‍डे विजयी

हिमशिखर संवाददाता १७ जेष्ठ २०७८, सोमबार १७:३९

बुटवल: लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उप निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । विजयी भएको घोषणा भने हुन बाँकी छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो ।  बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।

Next Post

जुम्लामा आज थपिए २० जना काेराेना संक्रमित

१७ जेष्ठ २०७८, सोमबार १७:३९
जुम्लामा आज २० जना काेराेना संक्रमित थपिएकाछन । जिल्लमा पिसिआर र एन्टिजेन परिक्षणबाट २० जनाकाे रिपोर्ट पाेजेटिभ आएकाे हाे । जिल्ला प्रसाशन कार्यलय जुम्लाका अनुसार आज ४४ जनाकाे पिसिआर परिक्षण गर्दा ६ जना र २४ जनाकाे एन्टिजेन परिक्षण गर्दा १४ जनाकाे रिपोर्ट पाेजेटिभ आएकाे हाे । जुम्लामा हालसम्म जम्मा सक्रिय […]